बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल
काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी नेपाली
काँग्रेसको पदाधिकारी बैठकले पार्टीको
क्रियाशील सदस्यता विवादलाई समाधान गर्ने
सम्बन्धमा छलफल गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवास
महाराजगन्जमा आज भएको पदाधिकारी बैठकले
सबैलाई न्यायोचित हुने गरी क्रियाशील विवाद
मिलाउने निर्देश गरेको नेता रमेश लेखकले
बताउनुभयो ।
आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले
क्रियाशील सदस्यता विवादका सम्बन्धमा गरेको
निर्णयानुसार क्रियाशील सदस्यता छानबिन
समितिले तीन दिनभित्र सबैलाई चित्त बुझाएर
क्रियाशील सदस्यताको सूची पार्टी सभापति
कोइरालालाई बुझाउने भएको छ ।
“बैठकमा क्रियाशील सदस्यता विवादका
सम्बन्धमा विभिन्न जिल्लाबाट आएका
गुनासालाई सम्बोधन गरी न्यायोचित रुपमा
निर्णय लिइएन”–केन्द्रीय सदस्य महेश आचार्यले
बताउनुभयो । रासस
0 comments:
Post a Comment