Home » » राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेस अनुपस्थित

राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेस अनुपस्थित


२८ मंसिर, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले
बोलाएको प्रमुख दलहरुको बैठकमा प्रमुख विपक्षी दल
नेपाली कांग्रेस अनुपस्थित भएको छ ।
राष्ट्रपति भण्डारीले कांग्रेस, एमाले, एमाओवादी र
मधेसी मोर्चाका नेताहरुलाई साँझ ६ बजे शीतल
निवास बोलाएकी थिइन् ।
तर, कांग्रेसका नेताहरु अनुपस्थित भए । सभापति सुशील
कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति
रामचन्द्र पौडेललाई बोलाइएको थियो । तीन नेता
अवस्थ भएको भन्दै शीतल निवास गएनन् ।
सत्तारुढ र मधेसी मोर्चाका नेताहरु उपस्थित बैठकमा
राष्ट्रपति प्राधिकरण विधेयक र मधेस आन्दोलनबारे
चासो व्यक्त गरेकी थिइन् ।
जाडो सुरु भइसकेको भन्दै उनले प्राधिकरण विधेयक कहाँ
पुग्यो, किन रोकियो भन्दै चासो राखेकी थिइन् ।
जवाफमा नेताहरुले प्राधिकरण विधेयक पास गर्न
सहमति भइरहेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले मधेस आन्दोलन सुरु भएको लामो
समय भइरहेको भन्दै सहमति प्रयासबारे चासो राखेकी
थिइन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved