Home » » मलेसियाको कम्पनीले किन्ने भयो नेपालको ‘एनसेल’

मलेसियाको कम्पनीले किन्ने भयो नेपालको ‘एनसेल’


१७ मंसिर- माउ कम्पनी टेलिया सोनेरियाले एनसेलको लगानी फिर्ता लैजाने भएपछि अब नेपालमा
मोबाइल सेवा प्रदान गर्दै आएको कम्पनी
एनसेलको स्वामित्व अर्कै कम्पनीको हातमा
जाने भएको छ ।
एनसेललाई अब मलेसियन टेलिकम कम्पनी
एक्सियटाले हाँक्नेछ । तर यसको औपचारिक
सम्झौता हुन भने बाँकी छ । एक्सियटा एनसेल
किन्न लगभग सहमति भैसकेपनि अन्तिम सम्झौता
भने केही दिनमै हुने बुझिएको छ ।
एनसेल कति मूल्यमा बिक्री गर्न लागिएको
हो यकिन नभए पनि यसको शेयर मूल्य १.४ अर्ब
डलरभन्दा माथि रहेको छ ।
एनसेलमा टेलिया सोनेरियाको मात्रै ६०.४
प्रतिशत लगानी छ । यस्तै, भाईजर कम्पनीको
१९.६ प्रतिशत र नेपाली व्यवसायी गोविन्द
वैद्यको २० प्रतिशत शेयर छ ।
एक अनौपचारिक सहमति अनुसार एक्सियटाले
एनसेलको ८० प्रतिशत र बाँकी २० प्रतिशत शेयर
नेपाली व्यवसायी सिद्धार्थ राणाले खरिद
गर्नेछन् ।
टेलिया सोनेरियाले ३ महिना अघि नै
नेपालबाट एनसेलको लगानी फिर्ता लैजाने
घोषणा गरिसकेको थियो । नेपाल लगायतका
करिब १० वटा देशबाट लगानी फिर्ता लगि
यूरोपियन क्षेत्रमा सेवा विस्तार गर्ने टेलिया
सोनेरियाले जनाएको छ ।
सुरुमा मेरो मोबाइलबाट सेवा सुरु भएनि पछि
टेलिया सोनेरियाले खरिद गरेपछि नाम
परिवर्तन गरी एनसेल राखिएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved