Home » » मधेसी मोर्चाविरुद्ध उत्रियो चुरेभावर, सर्लाहीमा झडप, केही घाइते

मधेसी मोर्चाविरुद्ध उत्रियो चुरेभावर, सर्लाहीमा झडप, केही घाइते



सर्लाही, मंसिर १७ । चुरेभावर पार्टीले
सर्लाहीमा मधेसी मार्चाको विरोधसभा
बिथोलिदिएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत् सर्लाहीको
नवलपुरमा मधेसी मोर्चाले विहीबार
विरोधसभा गर्न लागेकोमा चुरेभावरका
कार्यकर्ताले बिथोलेपछि दुई पक्षबीच
झडपसमेत भएको छ ।
मधेसी मोर्चाले सर्लाहीमा शक्ति प्रदर्शन
गर्ने भनेपछि चुरेभावरले पनि अवरोध गर्ने
भन्दै सडकमा उत्रिएको हो ।
दुई पक्षबीच झडप भएपछि प्रहरीले केही सेल
अश्रुग्यास प्रहार गर्नुका साथ हवाई
फायरसमेत गरेको छ । दुबैतर्फ केही मानिसहरु
घाइते भएको जनाइएको छ ।
विरोधसभामा मोर्चाका शीर्ष नेताले
सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

Source:-imagekhabar

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved