Home » » भारतको राज्यसभामा नेपालको विषयले विवाद

भारतको राज्यसभामा नेपालको विषयले विवाद



काठमाडौं, मंसिर १७ । भारतको माथिल्लो संसद राज्यसभामा
विहीबार नेपालबारेको छलफलमा विवाद भएपछि बैठक स्थगित
भएको छ ।
बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा ‘सर्वदलीय
डेलिगेसन’ टोली पठाउने प्रस्ताव गरेकी छन् । यसका लागि
राज्यसभामा रहेका सबै दलको प्रतिनिधित्व रहेको टोली नेपाल
पठाउने प्रस्ताव उनले गरेकी थिइन् ।
उनले भारतको नेपालसम्बन्धी नीतिबारे दलहरुको साझा धारणा
हुनुपर्ने बताउँदै सरकारको नेपाल नीतिको बचाउ गरेकी थिइन् ।
बैठकमा नेपालको वर्तमान अवस्था र नेपालमा संविधान जारी
भएपछि दुई मुलुकबीच बिग्रिएको सम्बन्धका विषयमा विवाद भएको
भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
विदेशमन्त्री स्वराजले नेपालबारे लिखित वक्तव्य पढेपछि
उपसभामुखले उनलाई लिखित दस्तावेज आइसकेकाले सबै पढ्नु नपर्ने भन्दै
रोकेपछि स्वराजले प्रतिवाद गरेकी थिइन् ।
यसपछि जनता दल युनाइटेडका सांसद पवनकुमारले नेपालमा जारी
संकट र नेपालमा संविधान जारी भएपछि विदेशमन्त्रीले दिएको
अभिव्यक्तिबारे प्रश्न उठाएका थिए । तर, उनले पनि आफ्नो भनाइ
तीन मिनेटमा पूरा गर्न नसकेपछि सभाध्यक्षले उनलाई रोकेका थिए

संसदमा नेपालबारे एक घन्टाको समयमा तीन/तीन मिनेट बोल्न
दिइएपनि तोकिएको समयमा बहस गर्न नसकिने भन्दै विवाद बढेको
थियो ।
विदेशमन्त्री स्वराजले अर्को बैठकमा जवाफ दिन सक्ने बताएकी
थिइन् । बैठकमा अधिकांश सांसदले नेपालको विषय गम्भीर भन्दै
लामो छलफल आवश्यक भएको बताएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved