Home » » प्रधानमन्त्रीले फेरि दुई मन्त्रालय फुटाए

प्रधानमन्त्रीले फेरि दुई मन्त्रालय फुटाए


१० पुस, काठमाडौं । दलीय भागबण्डा मिलाउन भन्दै
सरकारले फेरि दुई मन्त्रालय फुटाएको छ । मन्त्रालय
घटाउन सुधार प्रशासन सुधार आयोगले दिएको सुझाव
विपरित सरकारले लगातार मन्त्रालय फुटाउने निर्णय
गरेको हो ।
बिहीबार तीन मन्त्रालय फुटाएर दुई नयाँ मन्त्रालय
बनाएको सरकारले भोलिपल्ट शुक्रबार अर्को दुई वटा
मन्त्रालय फुटाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कृषि
मन्त्रालयलाई फुटाएको छ नयाँ पशु विकास मन्त्रालय
बनाएको छ ।
कृषिमन्त्रीमा हरिबोल गजुरेल छन् भने पशु विकास
मन्त्रालयको जिम्मेवारी शान्ता मानवीलाई
दिइएको छ । यसअघि बिहीबार मानवीलाई
दिइएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय भने
एकनाथ ढकाललाई दिइएको छ ।
सरकारले बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई
फुटाएको छ र बाणिर्य र आपूर्ति अलग अलग मन्त्रालय
भएको छ । बाणिर्यमन्त्रीमा गणेशमान पुन छन् भने
आपूर्ति मन्त्रालयको जिम्मा दिपक बोहोरालाई
दिइएको छ । राप्रपाबाट मन्त्री बनेका बोहोरा
श्रममन्त्री पनि हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै पाँच
मन्त्रालय फुटाउने प्रस्ताव गरेका थिए । तर, सत्ता
साझेदार एमाओवादीको विरोधका कारण
बिहीबार दुई बटा नयाँ मन्त्रालय बनाइएको थियो

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved