काठमाण्डाै ३ पूस । चौधारी गाविसका ५५ वर्षीय
धनबहादुर विष्टले यौनसम्पर्कका लागि चार लाख दिएको
तमसुक बनाएर १४ वर्षीया बालिकालाई बलात्कार गरेका
छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।जेठाबुबा नाता पर्ने
उनले ६ कक्षामा पढ्ने भैरवनाथ गाविसकी बालिकालाई
बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धनबहादुरले मंगलबार राति १ बजेतिर पीडित बालिका
भाउजूसँग सुतिरहेका वेला उनकै घरमा आई पैसा फिर्ता
गर्नुपर्ने काम छ भनेर बाहिर बोलाएका थिए । ‘रक्सी खाएर
ढोकामा बेस्सरी ढकढक गर्यो । के काम छ भनेर भाउजूले
भन्दा त्यसको पैसा फिर्ता गर्नुपर्नेछ भनेर भन्यो,’ पीडित
बालिकाले भनिन्, भोलि आउनु भन्दा पनि अहिले नै दिन्छु
भनेर हल्ला गर्न थालेपछि भाउजूले ढोका खोल्नुभयो ।
’ आफू बाहिर आएपछि नजिकै रहेको अर्काे घरमा सुतेकी
आमाको अगाडि पैसा दिन्छु भनेर लगेको उनले बताइन् । तर, केही अगाडि बढेपछि मुख थुनेर नजिकै रहेको खेतमा लगेर बलात्कार गरेको
बालिकाको भनाइ छ । धनबहादुरले भने तीन वर्षदेखि आफूहरूको प्रेम सम्बन्ध रहेको र सो दिन पनि बालिकाले नै आफूलाई यौन सम्बन्ध
राख्नका लागि बोलाएको बताएका छन् ।
यौन सम्बन्ध राखेबापत आफूले चार लाख दिइसकेको पनि उनले बताए । उनले बालिकाको नाममा चार लाख दिएको तमसुकसमेत देखाएका छन्।
तमसुकमा असोज ०७१ देखि विष्टसँग आफ्नो सुमधुर प्रेम रहेको र यसबीचमा विष्टबाट पालनपोषण खर्चबापत चार लाख लिइसकेको व्यहोरा
उल्लेख गरिएको छ ।
आगामी दिनमा पनि महिनावारी तलबस्वरूप मासिक १० हजारका दरले विष्टबाट लिने उल्लेख गरिएको छ ।पीडित बालिकाले सो
कागजबारे आफूलाई केही थाहा नभएको र कागजमा आफूले हस्ताक्षरसमेत नगरेको बताएकी छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ
।
Home »
Nepali News
» ४ लाख रकम दिएको झुटो तमसुक बनाई १४ बर्षीया बालीकालाई निरन्तर बलात्कार
४ लाख रकम दिएको झुटो तमसुक बनाई १४ बर्षीया बालीकालाई निरन्तर बलात्कार
Posted by Unknown
Posted on 12:09 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment