Home » » चिनियाँ कम्पनीलाई सिमेन्ट फ्याक्ट्री खोल्न अनुमति

चिनियाँ कम्पनीलाई सिमेन्ट फ्याक्ट्री खोल्न अनुमति



काठमाडौं, पुस ५ । सरकारले चिनियाँ
कम्पनी हुवासिनलाई नेपालमा सिमेन्ट
फ्याक्ट्री खोल्न अनुमति दिएको छ ।
प्रधानमन्त्री केपी ओलीको सहभागितामा
आज साँझ बसेको लगानी बोर्डको बैठकले
हुवासिनलाई ११ लाख मेट्रिक टन उत्पादन
बराबरको सिमेन्ट फ्याक्ट्री खोल्न अनुमति
दिने निर्णय गरेको हो ।
यस्तै
बैठकले उर्जाको माग सम्बन्धमा अध्यन गर्न
योजना आयोगका उपाध्यक्ष डा. युवराज
खतिवडाको संयोजकत्वमा समिति बनाएको
छ भने बुढीगण्डकी आयोजनालाई आवश्यक
प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय
पनि गरेको छ ।
त्यसैगरी लगानी बोर्ड ऐनलाई चुस्त बनाउने
निर्णय पनि बैठकले गरेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved