Home » » मधेसी मोर्चाविरुद्ध उत्रिए मधेसका महिला, बर्दिवासमा विशाल प्रदर्शन

मधेसी मोर्चाविरुद्ध उत्रिए मधेसका महिला, बर्दिवासमा विशाल प्रदर्शन


राष्ट्रपतिमाथि भएको अभद्र व्यवहारको विरोध

महोत्तरी, ५ पुस । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको
विरोधमा महोत्तरीको बर्दिवास बजारमा महिलाहरुले आज प्रदर्शन गरेका छन् ।
अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेपाल महिला
सङ्घलगायतका सङ्गठनले राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारविरुद्ध प्रदर्शन
गरेका हुन् ।
विवाह पञ्चमीको अवसरमा जनकपुर गएको बेला मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति
विद्यादेवी भण्डारीलाई बिधवा भन्दै अपमान र दुव्र्यवहार गरेका थिए । राष्ट्रपति
भण्डारीमाथि भएको दुव्र्यवहारको अहिले चौतर्फी विरोध भइरहेको छ ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ
क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शशीकला दाहालले कुनै पनि सभ्य समाजले
कल्पना गर्न नसक्ने किसिमको दुव्र्यवहार राष्ट्रपतिमाथि हुनु दुःखद् भएको बताउनुभयो ।
उहाँले राष्ट्रपतिमाथि दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न पनि सरकारसँग माग
गर्नुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved