मंसिर १३
काठमाडौं – भारतीय गाडी आगजनी
गर्दै भारतविरुद्ध संघर्षमा उत्रिएको नेत्र
विक्रम चन्द ‘विप्लव’ माओवादीले
भारतीय न्यूज च्यानल पनि बन्द
गराएको छ । नेपाल केबल टेलिभिजन
व्यवसायी महासंघलाई पत्र लेखेर
च्यानल बन्द गराउन चेतावनी दिएपछि
महासंघले शनिबार साँझदेखि
काठमाडौंमा भारतीय न्युज च्यानल
बन्द गराएको हो ।
महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले
विप्लव माओवादी र नागरिक
समाजको अनुरोधमा भारतीय न्युज
च्यानल बन्द गराइएको जानकारी दिए
। ‘हामीलाई अहिले देशको
परिस्थिति र राष्ट्रियताको
विषयलाई ध्यानमा राख्दै विप्लव
माओवादीले पत्र लेखेर च्यानल बन्द गर्न
अनुरोध गरेको थियो । त्यस्तै नागरिक
समाजबाट पनि त्यस्तै सुझाव आएको छ,’
उनले भने, ‘यसैका आधारमा हामीले
शनिबार साँझदेखि काठमाडौंमा
लगायत केही स्थानमा भारतीय न्युज
च्यानलको प्रशारण रोकेका छौं । तर,
अहिले सबै ठाउँमा बन्द भने भएको छैन ।’
यसअघि पनि गत असोज महिनामा
महासंघले भारतीय च्यानलहरु बन्द
गराएको थियो । त्यसबेला महासंघले
विज्ञप्ति निकालेर प्रशारण बन्द नगरे
भौतिक कारवाही गर्नेसम्मको
चेतावनी आफूहरुलाई आएको जानकारी
गराएको थियो । तर, सरकारले निर्देशन
दिएपछि प्रशारण पुन खुला गरिएको
थियो । गुरुङले भने, ‘हामीलाई प्रशारण
गर्न कुनै आपत्ति होइन । तर, सरकारले
सुरक्षा दिनुप¥यो ।’
विप्लव माओवादीले यसअघि
विज्ञप्ति निकालेर भारतीय हस्तक्षेप
र नाकाबन्दीको विरोधमा नेपालमा
भारतीय सवारी साधन, च्यानल र
सिनेमा बन्द गर्न आह्वान गरेको थियो
। यसअघि विप्लव माओवादीले
भारतीय नम्बर प्लेटका
सवारीसाधनमा आगजनी गरिसकेको छ
।
भारतीय मिडिया भन्छ, ‘यो नेपाल
सरकारकै काम हो’
भारतीय मिडियाले भने सरकारी
निर्देशनमा नै नेपालमा भारतीय न्युज
च्यानल बन्द भएको दाबी गरेका छन् ।
नेपाल–सम्बन्धमा चिसोपन आएको र
भारतीय मिडियाले मधेसबारे सही
सूचना सम्प्रेषण नगरेको भन्दै भारतीय
न्युज च्यानल बन्द गरिएको उनीहरुको
दाबी छ ।
तर, सञ्चारमन्त्रालयका प्रवक्ता
रामचन्द्र ढकालले भने भारतीय न्युज
च्यानलहरु बन्द गर्ने बारे कुनै निर्देशन
नदिएको बताए । रातोपाटीसँग कुरा
गर्दै उनले भने, ‘अहिले हामीले च्यानल
बन्द गराउने बारे कुनै त्यस्तो निर्देशन
दिएका छैनौं । बरु, यसअघि केबुल
एसोसिएसन आफैले बन्द गर्दा मन्त्रालयले
पत्र काटेरै भारतीय च्यानलहरु खुला गर्न
निर्देशन दिएको थियो ।’
Home »
Nepali News
» कसले गरायो नेपालमा फेरि एकाएक
भारतीय न्युज च्यानल बन्द ?
कसले गरायो नेपालमा फेरि एकाएक भारतीय न्युज च्यानल बन्द ?
Posted by Unknown
Posted on 5:33 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment