Home » » राप्रपा नेपालको महामन्त्रीमा राणा र लिङ्गदेन मनोनीत

राप्रपा नेपालको महामन्त्रीमा राणा र लिङ्गदेन मनोनीत

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र
पार्टी नेपालले महामन्त्री मनोनयन गरेको छ ।
आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले
पार्टीको विधान बमोजिम राजेन्द्र लिङ्गदेन
(झापा) र डा. धवलशम्शेर राणा (बाँके)लाई रिक्त
रहेको महामन्त्री पदमा मनोनयन गर्नु भएको
सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि महामन्त्री चन्द्र गुरुङको उपचारका क्रममा
अमेरिकामा निधन भएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved