पथरी (मोरङ), १३ मङ्सिर । सङ्घीय गठबन्धनका
नेताले मधेसको आन्दोलन हिमाल र पहाडका सबै
भागमा पु¥याउने बताएका छन् ।
आज विराटनगरमा आयोजित जन प्रदर्शनलाई
सम्बोधन गर्दै सङ्घीय गठबन्धनका नेताले मधेसको
आन्दोलन जायज भएकाले आन्दोलनलाई हिमाल र
पहाडका सबै भागमा पुर्याउने उनीहरुले बताएका हुन्
।
कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको
मधेसको आन्दोलन अधिकारको आन्दोलन भएकाले
आन्दोलनबाट कोही तर्किने अवस्था नरहेको उल्लेख
गनुभयो । उहाँले सबै निकायमा समान अवसर
सिर्जना गर्नु राज्यको दायित्व भएकाले मधेसी
जनतालाई हेर्ने दृष्टि परिवर्तन अझै हुन नसकेको
बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
संबिधानसभाबाट जारी भएको संविधानले
मधेसीको अधिकार सुरक्षित गर्न नसकेकाले
राज्यसत्ताको हरेक अङ्गमा मधेसीको आधा
सहभागिता खोजेको बताउनुभयो । उहाँले
तराईको आन्दोलनलाई मधेसी–पहाडीको
आन्दोलनको रुपमा गलत प्रचार गरिएको आरोप
पनि लगाउनुभएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री
सर्वेन्द्रनाथ शुक्लाले वार्ताको नाममा सरकारले
आन्दोलनरत पक्षलाई थकाउन खोजेको टिप्पणी
गर्नुभयो ।
कार्यक्रममा बोल्दै तराई मधेस सद्भावना
पार्टीका अध्यक्ष महेन्द्र्र राय यादवले विभिन्न
समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन
नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो ।
कार्यक्रम सङ्घीय गठबन्धन मोरङका संयोजक
राजकुमार यादवको सभापतित्वमा सम्पन्न भएको
थियो । रासस
Home »
Nepali News
» राजेन्द्र महतो भन्छन्- हामीलाई राज्यका सबै निकायमा आधा हिस्सा चाँहियो, अधिकारप्राप्ति नहुँदासम्म आन्दोलन जारी रहने
राजेन्द्र महतो भन्छन्- हामीलाई राज्यका सबै निकायमा आधा हिस्सा चाँहियो, अधिकारप्राप्ति नहुँदासम्म आन्दोलन जारी रहने
Posted by Unknown
Posted on 9:52 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment