Home » » वार्ताका लागि सरकार गम्भीर नभएको मधेसी मोर्चाको आरोप

वार्ताका लागि सरकार गम्भीर नभएको मधेसी मोर्चाको आरोप



विराटनगर, मंसिर १३ । आन्दोलनरत मधेसी
मोर्चाका शीर्ष नेताहरुले सरकारले
वार्ताको नाटकमात्रै गरेको आरोप लगाएका
छन् ।
विराटनगरमा आज आयोजित
विरोधसभालाई सम्बोधन गर्दै मोर्चाका
नेताहरुले सरकार वार्ताप्रति गम्भीर
नदेखिएको बताएका हुन् ।
सरकार पक्षका नेताहरुले वार्ता निर्णायक हुने
भन्ने
गरेको भए पनि अहिलेसम्म मोर्चाले राखेको
मागको बिषयप्रवेश नै नभएको उनीहरुको
टिप्पणी थियो ।
सभालाई सम्बोधन गर्दै संघीय समाजवादी
फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्ताको
माध्यमबाट नै सीमांकन, निर्वाचन क्षेत्र
निर्धारण तथा समानुपातिक समावेशी
प्रतिनिधित्वको मुद्दा टुंगिनुपर्ने बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved