Home » » ओलीका दूतले दिल्ली पुगेर ‘धम्की नदेऊ’ भनेपछि भारतीय मिडियामा ‘हेडलाईन’ !

ओलीका दूतले दिल्ली पुगेर ‘धम्की नदेऊ’ भनेपछि भारतीय मिडियामा ‘हेडलाईन’ !


काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर दिल्ली पुगेका एमाले सचिव प्रदिप ज्ञावालीले
भारतको धम्की आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
चर्चित भारतीय च्यानल जी न्यूजको अनलाईन संस्करणमा प्रकाशित खबर अनुसार ज्ञावालीले आफूहरुले भारतसँग
सौहार्दपूर्ण सम्बन्ध चाहेको भन्दै धम्की नदिन भारतलाई आग्रह गरेका हुन् ।
ज्ञावालीले मोदी सरकारसँग नेपाल-भारतबीच बढ्दो तनावलाई प्राथमिकतामा राखेर समाधान गर्न आग्रह गरेको जी
न्यूजले जनाएको छ । साथै उनले भारतले विश्व राजनीतिमा आफ्नो स्थान खोजेको हो भने छिमेकीसँग सौहार्दपूर्ण
सम्बन्ध बनाउन आग्रह गरेका छन् ।
साथै ज्ञावालीले चीनसँग नेपालको निकै सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै चीनले कहिले पनि नेपालको राजनीतिक
परिवर्तनमा हस्तक्षेप नगरेको बताएको जी न्यूजमा खबर छ । चीनले हालै गरेको सहयोग पनि दुई देशबीचको सौहार्दपूर्ण
सम्बन्धका कारण सम्भव भएको उनको भनाई छ ।
यद्यपी नेपाल-भारत सम्बन्ध अन्य कुनै राष्ट्रबीचकोभन्दा महत्वपूर्ण भएको उनले बताएका छन् । नेपाल र भारतका
नागरिकहरुबीच एक प्रकारको सम्बन्ध र साँस्कृतिकरुपमा पनि समान भएकाले नेपाल-भारत सम्बन्ध एेतिहासिक रहेको
उनको भनाई छ ।
जी न्यूजले आफ्नो समाचारमा ‘धम्की’ शब्दलाई प्राथमिकता दिँदै महत्वका साथ प्रकाशन/प्रशारण गरेको छ ।
भारतसँग जारी तनाव अन्त्य गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर दिल्ली पुगेका हुन् । यसअघि ओली
प्रधानमन्त्री बन्नु अघि नै ज्ञावाली दूत बनेर दिल्ली पुगेका थिए । त्यतिबेलाको उनको दिल्ली यात्रा निरर्थक बनेको
थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved