Home » » खुल्लामञ्चबाट प्रचण्डले भारतलाई सोधे : नाकाबन्दी गर्नेगरी हामीले के गल्ती गरेका थियौँ ?

खुल्लामञ्चबाट प्रचण्डले भारतलाई सोधे : नाकाबन्दी गर्नेगरी हामीले के गल्ती गरेका थियौँ ?


फागुन २०
काठमाडौं–एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतसँग नाकाबन्दी गर्नुको कारण सोधेका छन् । नेपाली काँग्रेको १३ औँ महाधिवेशन अन्तर्गत उद्घाटनसत्रमा बोल्दै उनले भारतीय जनतापार्टीका उपाध्यक्ष भगतसिह कोसीयारीमार्फत भारतलाई यस्तो प्रश्न गरको हुन् ।
‘हामीले नाकाबन्दी नै गर्नेगरी के गल्ती गरेका थियौँ र ? म भगतसिंह कोसीयारीमार्फत यो प्रश्न गर्न चाहन्छु , ’ उनले भने ‘ कहिलेकाही हामीले जे जस्ता पिडाहरु भोग्नु परेको छ, त्यो नदोहोरियोस् ।’ कार्यक्रमको बीचमै हिँडन लागेका भगतसिहलाई मञ्चमै रोकेर उनले यस्तो भनेका हुन् ।
प्रचण्डले नेपाली राजनीतिमा गरीएको नयाँ प्रयोगका लागि मित्रराष्ट्रहरुको सहयोग जरुरी रहेको भन्दै सहयोग गर्न पनि आग्रह गरे । ‘हामीले नेपालमा जे राजनीतिक प्रयोग गर्दैछौँ, त्यसमा विदेशी सहयोग जरुरी छ ’ उनले भने ।
उनले राष्ट्रिय एकता अहिले झन् बढी आवस्यकता रहेकोले विभिन्न राजनीतिक विचारधारा भएपनि राष्ट्रको समृद्धिका लागि एकठाउँमा आउन आह्वान गरे । प्रचण्डले संविधान कार्यान्वयन गरिछाड्ने अठोट लिएर आउन काँग्रेसलाई आग्रह गरे । ‘तपाईँहरु प्रजातान्त्रिक प्रकृयाबाट जसरी आएपनि अव आउने नेतृत्व नेपाली जनतालाई विकाशको गतिमा लैजाने गरी, संविधान कार्यान्वय नगर्नेगरी आओस, ’ उनले भने ।
गिरीजाप्रसाद र आफू नमिलेको भए नेपाल शान्ति प्रकयाको यो अवस्थामा नआउने भन्दै उनले यसको जस काँग्रेस नेताहरुले मात्र लिँदा आफ्नो मन दुख्ने बताए ।
‘ गिरीजाप्रसाद जस्तो टावरीङ्ग प्रसनालिटी नभएको भए र मैले क्रान्ति गर्दागर्दै नआएको भए यो अवस्था आउने थिएन’, उनले भने ‘काँग्रेस नेताहरुले सबै परीवर्तन हामीले मात्रै गरेका हौँ भन्दा मेरो मन चसक्क घोच्छ, निरंकुशताका विरुद्ध दिलोज्याद दिएर लड्ने शक्तिलाई विर्षनुभयो भने त्यसले संविधान कार्यान्वयन गर्न सक्दैन ।’
प्रचण्डले एउटा सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गरेर विश्वमा स्थापीत गर्ने बताए ।ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved