Home » » यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम

यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम


एजेन्सी, किशोर किशोरीहरुको समूहले
एउटा यस्तो कण्डम तयार गरेका छन्
जसको प्रयोग गरेको खण्डमा
यौनरोगबाट सजिलै बच्न सकिन्छ ।
वास्तवमा यो कण्डम लगाएर सेक्स गर्दा
यदि यौनसाथीमा यौनरोग छ भने
कण्डमले आफ्नो रङ्ग परिवर्तन गर्ने गर्दछ ।
१४ वर्षीय डेनियल अलि, १३ वर्षीय मुआज
नवाज र १४ वर्षीय चिराग शाहले यो
स्पेशल कण्डमको निर्माण गरेका हुन ।
उनीहरुले यो प्रोजेक्टलाई एसटीआई
अर्थात यौन सम्पर्कबाट हुने संक्रमणको
नाम दिएका छन् ।
इलफर्डको इसान न्यूटन एकेडमीसँग सम्बद्ध
यी किसोरहरुका अनुसार यौनसम्पर्कको
बेला यौनसाथीमा यौनरोग भएको
खण्डमा तत्काल थाहा हुने उद्देश्य राखेर
यो कण्डमको विकास गरिएको हो ।
यसले गर्दा रोगको जोखिम भएपनि
तत्काल सुरक्षा गर्न सकिने र मानिसहरु
जिम्मेवार हुने अलीले बताए ।
यो किसिमको कण्डममा एउटा यस्तो
इण्डिकेटर लगाइएको छ जसबाट बिभिन्न
प्रकारको सक्रमणका बारेमा थाहा
पाउन सकिन्छ । फरक फरक संक्रमणमा यसले
फरक फरक रङ्ग देखाउने गर्दछ ।
यो कण्डम विकास गरेकोमा लण्डनमा
उनीहरुलाई टिनटेक अवार्ड समेत पाइएको
छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved