२२ फागुन, काठमाडौंं । बुढा सुब्वा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लािग आज मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ ।
धरानमा जारी १८औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्वा गोल्डकपको फाइनल खेल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा हुने छ ।
यो सिजन उत्कृष्ट सुरुवात गरेको मनाङ हालै विराट गोल्ड फुटबलमा पुलिससँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो ।
मनाङ पुलिससँगको त्यो पराजयको बदला निदै यो सिजन तेस्रो उपाधि हात पार्ने दाउमा रहेको छ ।
जुमानु राई र अनिल गुरुङको कप्तानीमा रहेको पुलिस र मनाङबीचको प्रतिस्पर्धा रोमान्चक हुने पक्का छ । फाइनलअघि दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
अनलाइनखबरबाट
बुढा सुब्वा गोल्ड कपको उपाधि भिडन्त आज
Posted by Unknown
Posted on 7:38 PM
with No comments
Related News you might like to see :
Labels:
sports
0 comments:
Post a Comment