Home » » सेल्फी खिच्ने क्रममा नदीमा बेपत्ता बिस्मिता ज्ञवालीको शव फेला

सेल्फी खिच्ने क्रममा नदीमा बेपत्ता बिस्मिता ज्ञवालीको शव फेला



चितवन, चितवनस्थित नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव आज बिहान फेला परेको छ । पाँच दिनपछि उनको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय नारायणगढ चितवनका प्रहरी टोलीले नारायणी नदी किनारमा ती किशोरीको शव फेला पारेको हो ।
गएको आइतबार गैँडाकोटकी १८ वर्षीया बिस्मिता ज्ञवाली नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर नदीमा खसेकी थिइन् । त्यसपछि उनको अवस्था अज्ञात थियो ।
उनको खोजीका लागि प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए । प्रहरीले खोजीका क्रममा आज बिहान करिब ५ बजेतिर उनको शव फेला पारेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । घटनास्थलभन्दा करिब ५० मिटर तल शव फेला परेको उहाँले जानकारी दिनुभयो । आइतबार दुई किशोरी नदीमा खसेकामध्ये एकजनाको उद्धार भए पनि एकजना बेपत्ता भएकी थिइन् । गैँडाकोट–१६ की १९ वर्षीया नम्रता सापकोटाको घटनाभएकै दिन जीवितै उद्धार भएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved