Home » » सिमरा गोल्डकप : फाइनलमा हेटौडा र रुपन्देही ११

सिमरा गोल्डकप : फाइनलमा हेटौडा र रुपन्देही ११


काठमाडौं, फागुन २७ – वीरगञ्ज युनाइटेड क्लबलाई १–० गोल अन्तरले हराउँदै रुपन्देही ११ सिमरा गोल्डकपको फाइनलमा पुगेको छ ।
दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै योगेश गुरुङले रुपन्देहीलाई जित दिलाएका हुन् । ९० मिनेटका खेल सकिएपछि थप गरिएको २ मिनेट समयमा गुरुङले गोल गरेका हुन् । गएको मंगलबार भएको क्वाटर फाइनलमा मनाङ मर्स्याङदी क्लबलाई १–० ले हराउँदै रुपन्देही ११ सेमिफाइनलमा पुगेको थियो ।
बुधबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै विजय युथ क्लब हेटौडा फाइनलमा प्रवेश गरिसकेको छ ।
Ujyaaloonline बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved