Home » » ८४ वर्षमा चौंथो विवाह !

८४ वर्षमा चौंथो विवाह !


फागुन २२ – अमेरिकी सञ्चार उद्यमी रुपर्ट मर्डोकले फेरि विवाह गरेका छन् । सञ्चार उद्यमी मर्डोकले ८४ वर्षको उमेरमा चौंथो विवाह गरेका हुन् । मर्डोकले ५९ वर्षकी अभिनेत्री तथा मोडल जेरी हलसँग विवाह गरेका हुन् । हलले सन् १९९२ मा बालीमा सर मिक जेगरसँग विवाह गरेकी थिइन् । तर पछि कानुनले त्यो विवाहलाई आधिकारिकता दिएन । अस्ट्रेलियामा सन् १९३१ मार्च ११ मा जन्मेका मर्डोक अमेरिकी नागरिक हुन् ।
विवाहपछि उनले ट्वीटमा ‘आफू संसारकै भाग्यमानी तथा प्रसन्न व्यक्ति’ रहेको उल्लेख गरेका छन् । मर्डोकको न्युज युके कम्पनीले द टाइम्स तथा द सन पत्रिका प्रकाशन गर्छ । फोब्सका अनुसार न्यु कर्पोरेशनका कार्यकारी अध्यष मर्डोक र उनको परिवारको गएको वर्षको सम्पत्ति ११ दशमलव २ अर्ब डलर थियो । मर्डोकले यसअघि प्याट्रिसिया बुकर, एन्ना टोर्व र वेन्डी डेन्गसँग विवाह गरेका थिए । उनका यसअघिका तीन श्रीमतीबाट पाँच सन्तान छन् । मर्डोकले शनिबार विवाहको खुसियालीमा लण्डनको सेन्ट ब्रिज चर्चमा एक विशेष पार्टी गर्ने छन् । उनीहरुले गएको जनवरीमा द टाइम्सको जन्म, विवाह र मृत्यु स्तम्भमा इनगेजमेन्टको घोषणा गरेका थिए ।
Ujyaaloonline बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved