Home » » करिश्मालाई फापेन फिल्म, के राजनीति फाप्ला ?

करिश्मालाई फापेन फिल्म, के राजनीति फाप्ला ?


काठमाडौं । आफुलाई प्रेस शो नफाप्ने भन्दै अभिनेत्री करिश्मा मानन्धरले बनाएको चलचित्र ‘फागु सामान्य शैलिमा प्रदर्शन गरिन् ।
प्रदर्शनको शैलि सामान्य भएपनि ब्यापार अब्बल होला भन्नेमा आशावादी थिइन् । उनका शुभचिन्तकदेखि चलचित्रमा काम गर्ने प्राविधिकले समेत फिल्म राम्रो छ भनेर दाबी गरेका थिए । तर, दर्शकले उनको फिल्मलाई मन पराइदिएनन् ।
फागुको नतिजा देखेपछि करिष्मालाई प्रेश शो मात्रै हैन निर्मात्री भन्ने पद नै नफाप्ने टिप्पणी पनि गरेका छन् केही कलाकर्मीले ।
१२ वर्ष अघि लगभग ७५ लाख लगानी गरेर ‘बाबु साहेब’ बनाएकी करिश्मा त्यति वेला पनि निकै उत्साहित थिइन् । तत्कालीन समयकी नम्बर वान नायिका करिश्मा निर्मात्रीका रुपमा पनि नम्बर वान बन्ने चाहन्थिन् तर, बाबुसाहेबले पोष्टर टाँसेको पैसा समेत उठाउन नसके पछि उनी निर्मात्रीको रुपमा स्थापित हुन सकिनन् र अमेरिका गइन् ।
केही वर्षको अमेरिका बसाईपछि नेपाली फर्किएकी करिश्मा निरन्तर फिल्म निर्माण गर्न चाहन्छिन् । तर, हरेक फिल्म यसैगरी डुब्यो भने निर्माण पनि सम्भव हुन्न । फिल्म अफापिलो भएको बेला उनको राजनीतिक यात्रा पनि उस्तै निरस हुने त हैन टिप्पणी गर्नेहरुलाई बल पुगेको छ ।
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा आबद्ध भएकी करिष्माको राजनितीक यात्रा पनि फिल्म जस्तै हुने त हैन ?
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved