Home » » टायर फुटेपछि १६० यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

टायर फुटेपछि १६० यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना


काठमाडौं, ३ चैत । विमानस्थलमा अवतरण गर्ने क्रममा टायर फुटेपछि एयर इण्डियाको एक विमान दुर्घटना भएको छ ।
यो खबर भारत मुम्बईको हो । जहाँ मुम्बई इन्टरनेशनल एयरपोर्टमा अवतरणका क्रममा मंगलबार राति टायर फुट्दा एयर इण्डियाको विमान दुर्घटनामा परेको हो ।
राति पौने ११ बजे मुम्बईको एयरपोर्ट नागपुरमा विमान नम्बर ६३० को टायर फुटेको थियो । दुर्घटनामा परी केही यात्री घाइते भएका छन् ।
विमानमा सवार १६० यात्रु बाच्न सफल भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दैनिक नेपाल डट कमबाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved