Home » » काठमाडौं नआई पोखरा पुगिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज

काठमाडौं नआई पोखरा पुगिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज


काठमाडौँ, भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन पोखरा पुग्नुभएको छ ।
बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री बुधबार काठमाडौं विमानस्थलबाट पोखरा जाने भनिएपनि मन्त्री स्वराज काठमाडौं नआई पोखरा पुग्नुभएको हो । स्वराजलाई उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले स्वागत गर्नुभयो । स्वराज गोरखपुर हुँदै पोखरा पुग्नुभएको हो ।
बैठकमा ६ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुनेछन् भने अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनुहुनेछ ।
बैठकले २०७१ मंसिरमा काठमाडौंमा भएको शिखर सम्मेलनले पारित गरेका एजेन्डाको समीक्षा गर्नेछ । बैठकमा आतंकवाद नियन्त्रण, सडक तथा हवाई सञ्जाल, ऊर्जा हब, गरिबी निवारण लगायत विषयमा छलफल हुने बताइएको छ ।
News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved