Home » » चीनले तीन ठूला पेट्रोलियम पदार्थ भण्डारण ट्यांक बनाइदिने

चीनले तीन ठूला पेट्रोलियम पदार्थ भण्डारण ट्यांक बनाइदिने

१९ फागुन, काठमाडौं । चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने आजको कारोबार दैनिकमा समाचार छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।

चीनले नेपाललाई ३ महिलासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारी थालेको हो । यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ ।

कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ । नेपालको अहिलेको भण्डारण क्षमता धेरै कम छ । पेट्रोल ५ दिन र डिजेल १५ दिनका लागि मात्र पुग्ने भण्डारण क्षमता रहेको छ ।

अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता ७१ हजार १९८ किलोलिटर क्षमता छ । काठमाडौंमा मात्र दैनिक ३५० किलोलिटर पेट्रोल र ४५० किलोलिटर डिजल खपत हुन्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved