Home » » नेहा पुन हत्या आरोपी खड्गी थुनामा

नेहा पुन हत्या आरोपी खड्गी थुनामा


पोखरा– जिल्ला अदालत कास्कीले नेहा पुनकाे हत्या आरोप लागेका पोखरा—९ का किर्तन खड्गीलाई थप अनुसन्धानका लागि जेलमा थुन्न आदेश गरेको छ।
हत्या अाराेपि किर्तन खड्गी
जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले खड्गीलाई पुर्पक्षका लागि जेलमा राख्न मंगलबार आदेश गरेको हो। अदालतका स्रेस्तेदार दीनबन्धु बरालका अनुसार पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुन्न आदेश आएको छ। पोखरा—१५ नयाँगाउँकी नेहाको माघ १८ गते हत्या भएको थियो। १९ गते बिहान आफ्नै घरछेवैको खाली घडेरीमा उनी मृत भेटिएकी थिइन्।
हत्या गरिएकी नेहा पुन
मंगलबार दिउँसो २ बजे पुर्पक्षका लाथि खड्गीलाई थुन्न आदेश आउनुअघि पुनका आफन्तले अदालतको गेटमा जम्मा भई खड्गी विरुद्ध नाराबाजी सहित दबाब सिर्जना गरेका थिए । सोमबार पनि उनीहरुले उसै गरी अदालत अघिल्तिर नाराबाजीसहित सडक अवरुद्ध गरेका थिए । भित्र इजलासमा न्यायाधीशले वकिलहरुको बहस सुनिरहँदा स्रेस्तेदारसहितका अरु कर्मचारी भने नाराबाजी सुन्न बाध्य थिए ।
कास्की प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत खड्गीविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी सम्बन्धी मुद्दा आइतबार दायर गरेको थियो । सोमबार खड्गीको बयान लिएपछि केही वकिलहरुको बहस पूरा नभएपछि मंगलबारमात्रै अदालतको आदेश आएको हो ।
किर्तन विरुद्धको मुद्दामा पक्षबाट जिल्ला न्यायाधिवक्ता गंगा पौडेल, सुरेन्द्र थापा मगर, शोभा पराजुली, विनीता नेपाली र सरीता थापाले बहस गरेका थिए । सतीशको तर्फबाट अधिवक्ता दुर्गेशराज पन्तले बहस गरे ।
किर्तनले प्रहरीलाई दिएको बयान अनुसार नेहासहितका केहीजना माघ १८ गते राति पोखरा—८ न्युरोडस्थित ओपन टेबल रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरेर ९ बजेतिर सबै घर गएका थिए । नेहालाई किर्तनले नै घर पुर्याउन गएको र लेकसाइड गई यौन सम्बन्ध राख्ने प्रस्ताव नमान्दा हत्या गरेको प्रहरी बयानमा छ ।
सतीश बाहेक अरु २ जनालाई समेत सार्वजनिक अपराध सम्बन्धी मुद्दा प्रहरीले दायर गरेको थियो । तर, स्रेस्तेदार बरालले सार्वजनिक अपराध सम्बन्धी मुद्दा दरपिठ गरेका थिए । १ वर्षसम्म कैद सजाय हुन सक्ने त्यस्ता मुद्दा प्रमुख जिल्ला अधिकारीले नै हेर्ने कानुनी व्यवस्था रहेकाले बरालले दरपिठ गरेका थिए। त्यसपछि प्रहरी कार्यालय कास्कीले किर्तन खड्गीसहित ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा पनि दायर गरेको छ । सतीशसहित साथीहरु भदौरेका २१ वर्षे सञ्जय गुरुङ, लुम्लेका २३ वर्षे सुदीप गुरुङ विरुद्ध मुद्दा दायर गरिएको हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved