काठमाडौं, २४ फागुन । कांग्रेसको १३औं महाधिवेशनस्थल भृकुटीमण्डपमा संस्थापन र देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ ।
आ-आफ्नो पक्षमा प्रचार र नाराबाजी भईरहेको बेला सभापतिका उम्मेदवार रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षका कार्यकर्ताबीच झडप भएको घटनास्थल पुगेका हाम्रो सहकर्मी विमल योगीले जानकारी दिए ।
उनले भने- ‘८-१० जनाको समूहमा रामचन्द्रका कार्यकर्ताले नाराबाजी गरिरहेका थिए । त्यही नजिकै खुमबहादुर खड्काको समूह उभिएर भोट मागिरहेका थिए । देउवा र खड्का समूहलाई तथानाम गालि गरेपछि कार्यकर्ताबीच झडप भयो । घटनामा रामचन्द्र पौडेल समूहको प्रचार गरिरहेका एक कार्यकर्ताको मुखै फुटेको छ ।’
घटनालाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रण लिएको डिएसपी रेवती ढकालले बताए । दैनिक नेपाल डट कमबाट
कांग्रेस महाधिवेशन स्थलमा कुटाकुट, पौडेल समूहका एकको मुखै फुट्यो
Posted by Unknown
Posted on 2:54 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment