सोमबार २४ फागुन,
इटहरी–महिलामाथिको हिंसा र त्यसमा पनि घरेलु हिंसाका घटना दिनैपिच्छे सार्वजनिक भइरहेका छन्। यसरी घटना बढ्नुले हिंसाको विकराल स्थिति उजागर गर्छ। यसरी महिलामाथिको हिंसा रोक्नुका साथै सकारात्मक सन्देश दिन आइतबार इटहरीमा विभिन्न क्षेत्रमा सक्रिय महिला पहिलो पटक महिला हिंसा विरुद्ध रंगमञ्चमा उत्रिए।
महिलामाथिका हिंसाका घटना बढेकोमा सकारात्मक सन्देश दिएर रोक्नका लागि महिलाले नाटक मञ्चन गरेका हुन्। नाटकमा महिलाहरु आफैंले अभियन गरे। नाटकमा शारीरिक र मानसिक रुपबाट दिइने पीडा, जुनसुकै तरिकाबाट महिलाको आत्मासम्मानमा पु¥याउँने सबै किसिमका आघात, महिला भएकै आधारमा अधिकार उपभोग गर्नबाट विभेदलगायत नाटकमा समेटेर आइन्दा त्यस्ता गलत कार्य नगर्न सुल्झाइएको थियो।
महिलामाथि हुने हिंसाको एउटा कारण दुव्र्यसनीको सम्बन्धमा पनि कलालय इटहरीका कलाकार टोलीको सहयोगमा महिलाले नाटक मञ्चन गरे। लागुऔषध प्रयोगकर्ताको परिवारका महिलाको जीवनमा गहिरो चोट परेको कथा प्रस्तुत गर्दै त्यस्ता महिलाको जीवनलाई इज्जतदार बनाउन पनि नाटकमा सन्देश दिइयो।
त्यसक्रममा कवि मनु मन्जिलको कविता उनी जीवनको रंगले कविता लेख्छिन, गणेश रसिकको एउटा गीत र हेमन्त रानाको एउटा गीतमा उनीहरुले अभिनय गरे। व्यवसायिक कलाकारको जस्तै प्रस्तुती दिएका महिलाहरुको अभिनय हेर्नका लागि दर्शकको बाक्लो जमघट लागेको थियो।
इटहरी लेडी जेसिजका पदाधिकारीलाई कलालय इटहरीले १५ दिने कार्यशालामा सहभागी गराएर नाटक मञ्चन गरिएको हो। १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सिर्जनशील तरिकाले मनाउन इटहरी जेसिजले यस पटक नाटक मञ्चन गरेको हो। इटहरी लेडी जेसिजकी अध्यक्ष सुशीला ढकालका अनुसार महिलामाथिका हिंसाका घटना बढीरहेकाले गर्दा त्यसलाई रोक्नका लागि सचेतनामूलक कार्यक्रमलले गलत सोचाईलाई परिवर्तन गर्न नाटक मञ्चन गरिएको हो। सो क्रममा कवि कुन्ता शर्माले महिलाको शिर्जनशील शैलीको प्रसंशा गरिन्। 'समाजमा गलत सोचाई भएका र बाटो बिराएकालाई सुध्रार्ने उतम उपाय भनेकै सचेतनामूलक हो,' उनले भनिन् ।
कार्यक्रममा महिला बालबालिका कार्यालय सुनसरीकी निरीक्षक शुशिला कार्की, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना, कवि मनु मन्जिल, उद्योग बाणिज्य संघ इटहरीका महासचिव दिवस पोखरेल, मानवअधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईलगायतले नाटकले महिलामाथि हिंसा गर्नेलाई जीवन परिवर्तनको पाठ सिकाएको बताए ।
Nagarik News बाट
महिलाले हिंसा गर्नेलाई जीवन परिवर्तनको पाठ सिकाए
Posted by Unknown
Posted on 2:48 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment