फागुन २७ – उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने दुई वटा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
उत्तरले ती दुई मिसाइल समुद्रमा प्रहार गरेको हो । पूर्वी तटिय क्षेत्रबाट प्रक्षेपण गरिएका दुई मिसाइल पाँच सय किलोमिटर पर गएर समुद्रमा खसेको दक्षिण कोरियाले जनाएको छ । बुधबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका थिए । गएको हप्ता संयुक्त राष्ट्रसंघले परमाणु कार्यक्रमलाई लिएर आफूमाथिको प्रतिबन्ध थप कडा बनाएपनि उत्तर कोरियाले मिसाइल परिक्षण र त्यससँग सम्बन्धित गतिविधि बढाएको छ ।
बिहीबार बिहानै उत्तर कोरियाले हवानगे प्रान्तबाट दुई वटा मिसाइर परीक्षण गरेको हो । उत्तर कोरियाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
गएको हप्ता उत्तरले ६ वटा रकेट समुद्रमा प्रहार गरेको थियो । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तरले मिसाइ प्रक्षेपण तीब्र पारेको छ ।
उत्तर कोरियाले केही दिनअघि सैन्य अभ्यास तत्काल नरोके दक्षिण कोरिया र अमेरिकामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी पनि दिएको थियो ।
–Ujyaaloonline बाट
Home »
international news
» उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण
उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण
Posted by Unknown
Posted on 7:00 PM
with No comments
Labels:
international news

0 comments:
Post a Comment