दाङ्गको तुल्सीपुरमा हिजो बेलुकी मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दाङ्गकै घोराहीबाट तुल्सीपुर बजार तर्फ जादै गरेको रा २ प २५ ७७ नम्बरको मोटरसाईकलको ठक्करबाट तुल्सीपुरस्थित कुमाल गाँउका ६० वर्षिय पर्शुराम कुमालको मृत्यु भएको हो ।
मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका कुमालको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाईकल चालक दाङ्ग विजौरी ८ का विनोद पाध्या पनि घाईते भएकाले थप उपचारको लागि नेपालगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
Setopati बाट
दाङ्गको तुल्सीपुरमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
Posted by Unknown
Posted on 6:37 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment