Home » » सरकार गिराउने खेलमा छैनौं : प्रचण्ड

सरकार गिराउने खेलमा छैनौं : प्रचण्ड


नेपालगञ्ज, फागुन २२ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सरकार बनाउने र गिराउने खेलमा आफ्नो पार्टी नलाग्ने बताउनुभएको छ ।
एकीकृत नेकपा माओवादी बाँकेले शनिबार नेपालगञ्जमा गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफूले भन्ने गरेको राष्ट्रिय सहमति भनेको सरकार बनाउने र गिराउने नभएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेसको महाधिवेशनपछि राष्ट्रिय एकताको सरकार बनाउने विषयमा छलफल चलिरहेको बताउनुभयो ।
नाकाबन्दी र भूकम्पछिको पुनर्निर्माणका लागि कांग्रेसले प्रमुख प्रतिपक्ष दल नभनी सहयोग गर्नुपर्नेमा प्रचण्डले जोड दिनुभयो । १६ बुँदे सहमतिमा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको स्मरण गर्दै प्रचण्डले अहिले पनि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु यो सरकार गिराएर अर्को सरकार गठन गर्नु नभएको बताउनुभयो ।
संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि सबै राजनीतिक शक्तिबिच एकता अपरिहार्य रहेको उहाँको भनाई छ । देशलाई स्थिर राजनीतिक वातावरणमा लैजान मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो ।Ujyaaloonline बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved