Home » » नेपाली भाषासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

नेपाली भाषासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न


काँकडभिट्टा, नेपाली भाषामा एकरुपता ल्याउने उद्देश्यका साथ झापाको काँकडभिट्टामा जारी अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्घगोष्ठी ‘काँकडभिट्टा घोषणापत्र’ जारी गर्दे आइतबार सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको सङ्घगोष्ठीले सात बुँदे घोषणापत्र जारी गरेको हो । म्यानमार, भुटान, भारत तथा नेपालका भाषाविद्को सहभागिता रहेको गोष्ठीले नेपाली भाषालाई अझ परिष्कृत बनाउनका लागि अलगअलग कार्यपत्र प्रस्तुत भइ छलफल गरिएको थियो । प्रस्तुत कार्यपत्रमाथि विभिन्न भाषाविद्ले भाषा, शब्दकोश र व्याकरणीय एकताका बारेमा बहस गरेका थिए । गोष्ठीबाट पारित भएको काँकडभिट्टा घोषणापत्रले आगामी दिनमा नेपाली भाषाको एकरुपतामा मद्दत पु¥याउने सहभागीले विश्वास लिएका छन् ।
विश्वमा रहेका नेपाली भाषा एउटै भए पनि बोलीचाली र लेखनमा फरक पर्ने भएकाले भविष्यका सन्ततिलाई आफ्नो नेपाली भाषाका बारेमा नै अन्योल उत्पन्न हुुने अवस्था आउने भएकाले भाषालाई एकरुपता कायम गर्न यस किसिमका कार्यक्रमले सघाउ पुग्ने प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले बताउनुभयो ।
प्राज्ञ यज्ञराज प्रसाईंले नेपालमा छरिएका सम्पूर्ण भाषालाई समेट्दै ६० हजार शब्दको नेपाली शब्दकोश एक लाख शब्दको बनाउने महाअभियानमा यस घोषणापत्रले सहयोग पु¥याउने बताउनुभयो ।
News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved