Home » » आगलागी नियन्त्रण गर्न जंगलमा ‘अग्नीरेखा’

आगलागी नियन्त्रण गर्न जंगलमा ‘अग्नीरेखा’


चितवन, चैत १ – वन र वन्यजन्तुलाई आगलागीबाट जोगाउनका लागि चितवनका जंगलमा अग्नीरेखा बनाउने क्रम बढेको छ । जिल्ला भित्र रहेका सामुदायिक वनले सुख्खा मौसममा वनजंगलमा हुने आगलागी न्यूनिकरण गर्नका लागि अग्नीरेखा बनाएका हुन् ।
वनलाई विभिन्न क्षेत्रमा विभाजन गरी दुई दुई किलो मिटर पूर्व पश्चिम तथा तीन तीन किलोमिटर उत्तर–दक्षिण हुने गरी अग्नीरेखा निर्माण गर्ने गरिन्छ । वन तथा वन्यजन्तलाई आगलागीबाट जोगाउन चितवन राष्ट्रिय निकुञ्जले सबै मध्यवर्ती र सामुदायिक वनलाई परिपत्र गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । चितवन, नवलपरासी, मकवानपुर र पर्सा क्षेत्रमा रहेका ७४ वटा मध्यवर्ती सामुदायिक वनलाई परिपत्र गरीसकिएको अर्यालले जानकारी दिनुभयो ।
निकुञ्जले आफू मातहत रहेका कर्मचारीलाई आगलागीका विषयमा सचेत गराएको छ । हरेक कर्मचारीले आफ्नो क्षेत्रमा आगलागीका विषयमा चनाखो भएर काम गर्न निर्देशन दिएको अर्यालले बताउनुभयो । केही गरी आगलागी भइहालेमा निकुञ्जको सुरक्षामा रहेका सेनासँग संयुक्त रुपमा सहकार्य गरेर आगो निभाउने व्यवस्था मिलाएको अर्यालले बताउनुभयो ।
स्थानीय स्तरम नागरिकका लागि सचेतनाका निम्ती अगलागीका विषयमा पोष्टर बनाई वितरण गरिएको छ । जंगली जनावरका लागि घाँसे मैदानको रुपमा रहेको निकुञ्जको पाँच प्रतिशत क्षेत्रमा भने निकुञ्ज आफैले आगो लगाइसकेको छ । सामुदायिक वनले आकश्मिक रुपमा हुने आगलागी नियन्त्रणका लागि अग्नीनियन्त्रण दस्ता बनाएर परिचालन समेत गर्ने गरेका छन् ।
विभिन्न सहयोगी संस्थाको सहयोगमा स्थानीय युवालाई तालिम दिई परिचालन समेत गर्दै आएका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बरण्डाभार क्षेत्रको टिकौली मध्यवर्ती क्षेत्र आगलागीको उच्च जोखिमा रहने गरेको छ ।
४६ हेक्टर समुदायमा हस्तान्तरण भएपनि पाँच सय हेक्टर भन्दा बढी वन क्षेत्र संरक्षण गर्दै आएको रत्ननगरमा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले अग्नीरेखा निर्माण कार्यलाई निरन्तरता दिएको छ । ९ सय ३२ वर्ग किलोमिटर क्षेत्र रहेको चितवन राष्ट्रिय निकुञ्जको आसपासमा ७ सय ५१ वर्ग किलोमिटर क्षेत्र मध्यवर्तीले ढाकेको छ । Ujyaaloonline बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved