काठमाडौँ- मुलुकका एक नेता छन् । सानो पार्टी भएपनि पैसा र पहुँच उनको लागि सामान्य नै रहेको छ । ती व्यक्ति हुन् नेकपा(माले)का महासचिव एवम् उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनाली, उनले पछिल्लो दिनमा कमाउ धन्दा चलाएका छन् । उनले आफ्नी श्रीमती निलम केसी खड्कालाई सो धन्दाका लागि खटाएका छन् । मन्त्रालयको सरुवा बढुवादेखि विदेश भ्रमणसम्म मैनालीले कमाउ धन्दा चलाएका छन् । पछिल्लो पटक उनले विश्व महिला सम्मेलनको नाममा विदेश लैजाने व्यक्तिसँग रु दश लाखको दरले रकम उठाएको मालेका एक केन्द्रीय सदस्यले जानकारी दिएको भन्दै आजको जनआह्वान साप्ताहिकले खबर छापेको छ ।
अमेरिकाको न्यूयोर्कमा यही मार्च १४ देखि २४ सम्म हुने कमिसन अन स्टाटस बुमन सम्मेलनमा भाग लिन उनले आफ्नै नेतृत्वमा टोली लिएर जाने तयारी गरेका छन् । मन्त्री मैनालीले सो सम्मेलनमा लैजान दुई दर्जन भन्दा बढी व्यक्तिगत रु दश लाखको दरले रकम उठाएको बताइन्छ । मन्त्रीपरिषद्को यही फागुन १७ गते बसेको बैठकबाट पारित समेत गराएका छन् । सो सम्मेलनमा मन्त्रालयका सचिव गए हुनेमा मन्त्री आफै जान तयार भएका छन् । उनले विभिन्न व्यक्तिसँग रकम लिएर न्यूयोर्क पु¥यायरु छाड्ने योजना बुनेको भन्दै अमेरिकन दूतावासले समेत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मार्फत आउने भीसा प्रस्तावलाई मिहिन तवरले अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।मन्त्री मैनालीले महिला आयोगकी सदस्य भगवती घिमिरेलाई पैसा उठाउने जिम्मा दिएका छन् । यस्तै श्रीमती निलम केसीलाई समेत ठूला भनिएका व्यक्तिबाट पैसा उठाउने जिम्मा दिएका छन् ।
धेरै व्यक्ति सहभागी गराएर मोटो रकम असुल उपर गर्ने योजनामा मन्त्री लागेपछि सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइन्छ ।ratopati बाट
Home »
Nepali News
» अमेरिका लैजाने भन्दै मन्त्री मैनालीले सुरु गरे गोरख धन्दा
अमेरिका लैजाने भन्दै मन्त्री मैनालीले सुरु गरे गोरख धन्दा
Posted by Unknown
Posted on 7:04 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment