काठमाडौं । कांग्रेसको तेह्रो महाधिवेशन उद्घाटनका क्रममा बिहीबार प्रधानमन्त्री केपी ओलीले इमान र वचनमा अडेको पत्यारिलो कांग्रेस हेर्न खोजेको बताएका छन् ।
उनले भने,–‘कांग्रेस विश्वासिलो, पत्यारिलो र इमान वचनमा अडेको पार्टी बनोस्, म यही हेर्न चाहान्छु ।’ गत असोज २१ गते कांग्रेसका तत्कालीन उपसभापति रामचन्द्र पौडेलले सुशील कोइराला र केपी ओलीबीच भएको भद्र सहमतिबारे कुनै जानकारी नै नभएको उल्लेख गरेका थिए । आजको अन्नपूर्णमा समाचार छ ।
सम्भवतः प्रधानमन्त्री ओलीको वचनको निशाना आफूसँग भएको सहमति कांग्रेस नेतृत्वले पालना नगरेकोप्रति थियो ।
यसैगरी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा मन्तव्य दिँदै कांग्रेसका शेरबहादुर देउवाले बन्दी भएको समयमा कांग्रेसका तत्कालीन सभापति गिरिजप्रसाद कोइरालासँग अनौपचारिक रुपमा शान्तिवार्ताको थालनी गरेको भन्दै देउवाको सराहना गरेका थिए । News24Nepal.com बाट
Home »
Nepali News
» महाधिवेशनमा ओलीले भने ‘पत्यारिलो कांग्रेसको खोजी’
महाधिवेशनमा ओलीले भने ‘पत्यारिलो कांग्रेसको खोजी’
Posted by Unknown
Posted on 6:56 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment