काठमाडौँ, निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको आफ्नो पहिलो एयरबस नेपाल आइपुगेको छ ।
नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सको पहिलो उडान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनको छेंदुमा विमान हस्तान्तरणपछि विमानलाई काठमाडौं ल्याइएको हो ।
१ सय ५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको ८ ओटा सिट विजनेस र १ सय ५० सिट इकोनोमी क्लासको रहेको छ ।
नेपालबाट अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदान गर्न हिमालयले तिब्बत एयरलाइन्ससँग सहकार्य गर्न लागेको हो । चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जनाएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो । हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । हिमालयले विस्तारै अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।
हिमालय एअरलाइन्सको पहिलो व्यवसायिक उडान दिल्ली हुने जनाइएको छ ।
News24Nepal.com बाट
Home »
international news
» नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सको पहिलो एयरबस नेपाल आइपुग्यो, चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु हुने
नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सको पहिलो एयरबस नेपाल आइपुग्यो, चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु हुने
Posted by Unknown
Posted on 7:01 AM
with No comments
Labels:
international news

0 comments:
Post a Comment