Home » » धामीले खन्याए महिलाको शरीरमा तातोपानी

धामीले खन्याए महिलाको शरीरमा तातोपानी


प्यारालाइसिस बिरामीलाई निको पार्ने भन्दै धामीले तातो पानी शरीरमा खन्याएपछि दाङमा एक महिला गम्भीर घाइते भएकी छन्। हाँसीपुर १ रुपाकोटकी बिकलाई प्यारालाइसिस रोग निको पारिदिने बहानामा उम्लिएको पानी शरीरमा खन्याएपछि उनको शरीरको अधिकांश भाग घाउ भएको छ।
दाङको पुरानो सिमाना कोइलाबासमा आफूलाई धामी बताउने कमल क्षेत्रीले प्यारालाईसीस निको पार्ने फागुन १६ गते ६० वर्षीया बिकको शरीरमा तातोपानी खन्याइदिएका थिए। तातो पानी खन्याएको १० दिनपछि मंगलबार मात्रै बिकलाई गम्भीर अवस्थामा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका लागि ल्याइएको हो। बिकका आफन्तका अनुसार प्यारालाइसिसका कारण विगत २० वर्षदेखि शरीरको दाहिने भाग नचल्ने बिकलाई निको पार्ने बहानामा आफूलाई धामी बताउने क्षेत्रीले तातोपानी शरीरमा खन्याइदिएका थिए।
त्यसपछि पनि सञ्चो हुने भन्दै कोइलावास स्थित आफ्नो निवासवाट उपचारका लागि अस्पताल लैजान दिएका थिएनन्। तर सञ्चो नभएपछि विकका परिवारका सदस्यले धामीको स्वीकृति विना उनलाई उपचारका लागि अस्पताल ल्याएको उनकी छोरी दमन्ता बिकले बताइन्।
तातोपानीले ६० वर्षिया थुमसराको शरीरको करिब ६० प्रतिशत भाग जलेको अस्पताल स्रोतले जनाएको छ। शरीरमा तातोपानी खन्याउने कमल क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि बिकलाई पाल्पाको मिसन अस्पतालमा पुर्याइएको छ। ऋण काढेर उपचारका लागि पाल्पा पुर्याइएको भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छोरी दमन्ता बिकले फोनमा जानकारी दिइन्। उनले सहयोग गरी आफ्नी आमाको ज्यान बचाईदिन आग्रह गरेकी छिन् ।
Setopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved