Home » » भारतमा नेपाली चेलीसहित तीन नेपाली पक्राउ, सिधै जेल चलान

भारतमा नेपाली चेलीसहित तीन नेपाली पक्राउ, सिधै जेल चलान

नयाँदिल्ली, १९ फागुन । धार्मिक दंगा भड्काएको आरोपमा भारतले एक महिलासहित तीन जना नेपालीलाई पक्रेर जेल हालेको छ ।
आइतबार राति ८ बजेतिर नेपाल भारत सीमा नजिकको मन्दिरमा अचानक प्रवेश गरी हनुमानको मूर्ति तोडफोड गरेको र मन्दिर प्रवेश गरेको आरोप लगाई भारतीय सुरक्षाकर्मीले महोतरीको भ्रमरपुरा ६ घर भएका २५ वर्षीय इसराफुल कवारी, उनकी आमा जैसा खातुन र ५५ वर्षीय महबुल कवारी रहेका छन् ।
धार्मिक भावनामाथि ठेस पुर्याएको, दंगा भडकाउन प्रेरित गरेको र मन्दिरका पुजारीलाई गाली बेइजत गरेको अभियोगमा उनीहरुलाई राति नै कारागार चलान गरिएको भारतको भिट्ठा आउट पोष्टका थाना प्रमुख मिहिर कुमारले बताए ।
भारतीय दण्डसंहिताको धारा ३४, ३४१, ३२३, ३७९, ५०४, २९५ ए र १५३ ए अन्तर्गत सजाय माग गर्दै सोमवार सीतामढी अदालतमा पेस गरिएको उनले जानकारी दिए । प्रहरीका अनुसार आरोप प्रमाणित भए उनीहरुलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved