Home » » यौनधन्दामा गर्ने युवायुवती र होटल सञ्चालक पक्राउ

यौनधन्दामा गर्ने युवायुवती र होटल सञ्चालक पक्राउ

सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।
यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ ।
यस्तै यौनधन्दामा संलग्न तीन युवतीको नाम भने गोप्य राखिएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । उनका अनुसार सिरहाको लहान नपा–५ की महरा थरकी, धनुषा बरमझिया–९ की खातुन थरकी र सिन्धुली दुधौली–४ की महरा थरकी युवती पक्राउ परेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved