२२ फागुन, काठमाडौं । जापानी पूर्व राष्ट्रिय फुटबल खेलाडी ग्यातुकी कोजी नेपाली राष्ट्रिय फुटवल टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटवल संघ एन्फासंगको सम्झौताका लागि कोजी शुक्रबार नेपाल आएका हुन् । उनले आइतबार एन्फासंग राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको रुपमा सम्झौता गर्नेछन् ।
एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले कोजीसंग एक बर्षको लागि सम्झौताको तयारी भइरहेको जानकारी दिए । उनी जारी सिमरा गोल्डकपमा नेपाली खेलाडीको खेल हेर्न जानेछन् ।
जापानी राष्ट्रिय टोलीबाट केहि खेल खेलेका कोजी एस श्रेणीको लाईसेन्स भएका प्रशिक्षक हुन् । यो एएफसीको प्रो-डिप्लोमा लाइसेन्स समान हो । उनीसंग युरोपका क्लवमा खेलेको अनुभभव छ भने यसअघि बिभिन्न मुलुकका राष्ट्रिय टोलीको पनि प्रशिक्षक भइसकेका छन् । सन् २००८ देखि एक बर्ष भुटानको राष्ट्रिय टोलीको प्रशिक्षक रहँदा उनले तत्कालिन साफ च्याम्पियनसीपमा भुटानलाई सेमिफाइनल सम्म पुर्याएका थिए ।
केहि समयअघि राष्ट्रिय टोलीको टेक्निकल डाइरेक्टरका रुपमा जापानी नागरिक ताकेदा चियाकीले नियुक्ति लिएका थिए । उनकै प्रयासमा जापानी प्रशिक्षक नेपाल भित्र्याइएको हो ।
यसअघि गत भदौमा ६ महिनाका लागि नियुत्तः भएका बेल्जयमका प्रशिक्षक प्याटि्रक ओजम्स सम्झौता सकिनु दुई महिनाअघि नै सम्पर्कबिहीन भएपछि नेपाली राष्ट्रिय टोली दुई महिनादेखि प्रमुख प्रशिक्षकबिहीन थियो । यसबीचमा नेपालको राष्ट्रिय टोलीले बंगबन्धु गोल्कप र २३ बर्षमुनिको टोलीले साग गेम्समा स्वर्ण जितेको थियो । नेपाली राष्ट्रिय टोलीले आगामी चैत्र १६ मा क्वालालम्पुरमा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेल खेल्दैछ ।
अनलाइनखबरबाट
नेपाली फुटवलको नयाँ प्रशिक्षकमा ग्यातुकी कोजी नियुक्त
Posted by Unknown
Posted on 9:16 AM
with No comments
Labels:
sports

0 comments:
Post a Comment