Home » » १८ वर्षपछि पञ्चग्रही योगमा महाशिवरात्री-यस्तो योग ७ वर्ष पछि मात्र आउने

१८ वर्षपछि पञ्चग्रही योगमा महाशिवरात्री-यस्तो योग ७ वर्ष पछि मात्र आउने


काठमाडौँ, यो वर्ष शिवरात्री फागुन २४ गते परेको छ। १८ वर्षपछि यो पटक पञ्चग्रही योगमा महाशिवरात्री परेको छ। अब यस्तो योग ७ वर्ष पछि मात्र आउनेछ।
२४ गते कुम्भ राशि सूर्य, चन्द्रमा, बुध, शुक्र र केतुको युति हुनाले पञ्चग्रही योग बन्ने छ। यी ग्रहका प्रभावले महाशिवरात्रीमा गरिने व्रज र पुजा को महत्व अझै विशेष हुनेछ।यो भन्दा अघि २०५४ फागुन १३ मा पञ्चग्रह योग परेको थियो।
३५ वर्ष पछि चाण्डाल योग
यो पटक सिंह राशिमा स्थिन गुरु एंव राहुको संयोजनले चाण्डाल योग बनाएको छ। यो भन्दा ३५ वर्ष अघिको महाशिवरात्रीमा पनि चाण्डाल योग परेको थियो।
यो पटकको शिवरात्री सोमबार परेको हुनाले यसको महत्व अझै बढेको छ। सोमबार भगवान शिवको दिन हो। यो दिन धनिष्ठा नक्षत्र हुन्छ। धनिष्ठ नक्षत्र र सोमबारको योगले शुभ नामको योग पुरै दिन रहनेछ। News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved