दोलखाको भीमेश्वर नगरपालिका ७ स्थित जंगलमा खेल्न गएका एक बालकको डढेलोमा परी मृत्यु भएको छ।
मंगलबार बिहान ९ बजे स्थानीयले गाउँकै बारी नजिक जंगली देवताको पूजा गर्ने क्रममा धुपौराबाट खन्याएको आगो सल्किएर जंगलमा डढेलो लाग्दा स्थानिय नारायण खत्रीका ११ वर्षीय छोरा मनिष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जंगलमा लागेको डढेलोबाट बच्न बाँसघारीमा लुकेका उनलाई आगोको लप्काले भेट्टाएपछि गाउँलेले उद्धार गरेका थिए। पछि उपचारका लागि राजधानी लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका ईन्सपेक्टर ललनकुमार कुर्मीले जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए। News24Nepal.com बाट
डढेलोमा परी बालकको मृत्यु
Posted by Unknown
Posted on 6:17 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment