काठमाडौं, फागुन २६ । सामसुङ मोबाइलको पछिल्लो उत्पादन ‘ग्यालेक्सी एस–७ एज’ र ‘ग्यालेक्सी एस–७’ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
सामसुङ इलेक्ट्रोनिक्स नेपालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सामसुङका यी नयाँ दुई मोडल सार्वजनिक गरेको हो ।
यी दुईओटै सेटमा पहिलोपटक ‘डुअल पिक्सल क्यमेरा’
प्रयोग भएको जनाइएको छ ।
‘ग्यालेक्सी एस–७ एज’को स्थानीय बजार मूल्य ८८ हजार ९ सय रुपैयाँ र ‘ग्यालेक्सी एस–७’को ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यी सेट पानी एवं थुलोबाट पूर्णसुरक्षित रहेको जनाइएको छ ।
सामसुङ नेपाल कार्यालयका वरिष्ठ व्यवस्थापक प्रणयरत्न स्थापितले अन्य सेटका तुलनामा यी सेट प्रविधियुक्त एवं विशेषतायुक्त रहेको बताए ।
आगामी एक वर्षभित्र १० हजार सेट बिक्री गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । Imagekhabar बाट
सामसुङ ग्यालेक्सी ‘एस–७’ र ‘एस–७ एज’ नेपाली बजारमा, मूल्य कति ?
Posted by Unknown
Posted on 6:23 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment