Home » » पुलिससँग बदला लिँदै मनाङले जित्यो उपाधि

पुलिससँग बदला लिँदै मनाङले जित्यो उपाधि


२२ फागुन, धरान । मनाङ मर्स्याङ्दी क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । मनाङको यो सिजनको तेस्रो उपाधि हो ।
शनिबार भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिसलाई १-० ले पराजित गरेको हो । बुढासुब्बा गोल्डकपको उपाधि जित्ने क्रममा मनाङले बिराट गोल्डकपमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
धरानस्थित एन्फा टेक्लिकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि ६७ औं मिनेटमा ओलावलले विजयी गोल गरे । उनी म्यान अफ दि म्याच बने ।
मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलकिपर, पुलिसका सुरज बीके डिफेण्डर, मनाङका हेमन गुरुङ मिडफिल्डर, अनिल गुरुङ उत्कृष्ट फवार्ड र मनाङकै छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक बने ।
मनाङकै ओलाबले सर्वाधिक गोलकर्ता बनेका छन् ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved