Home » » सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी

सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी


काठमाडौं, चैत २ । शीर्ष वरीयताका खेलाडीहरु शिवराम श्रेष्ठ र सञ्जय लामा सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै शीर्ष खेलाडीहरुले अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् ।
नेपाल नम्बर एक शिवराम श्रेष्ठले
सञ्जीव नेपालीलाई ७–५ ले हराए । दोस्रो वरीयताका सञ्जय लामाले यलम्बर अधिकारीलाई ३–२ ले हराए ।
क्वार्टरफाइनलमा शिवराम श्रेष्ठले राम मगरसँग प्रतिस्पर्धा गर्नेछन् ।
राम मगरसँगै रवि खड्का, सूर्य शर्मा, दीपक थापामगर, भुवन नगरकोटी र धन थापा पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनल र सेमिफाइनल खेलहरु बुधबार हुने छन् भने फाइनल खेल बिहीबार हुनेछ ।
प्रतियोगितामा अघिल्लो वर्षका शीर्ष १६ जना व्यावसायिक गल्फर सहभागी छन् ।
Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved