विराटनगर, फागुन २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीको समस्या समाधान भईसकेको जानकारी दिनुभएको छ । नेकपा एमालेले बिराटनगरमा गरेको बृहद आमसभालाई सम्बोधन गर्दै ओलीले संबिधान जारी पछिको भारतले गरेको नाकाबन्दीको अवस्था अन्त्य भएको बताउनु भएको हो ।
आफूले गरेको भ्रमणका क्रममा भारतले भव्य सम्मान गरेको र नेपालको संबिधानको समेत स्वागत गरेको उहाँले स्पष्ट पार्नुभयो ।अहिलेको सरकारले नै विकास र समृद्धिको कामलाई तिब्रता दिने दावी गर्दै उहाँले
रानी किमाथान्का तथा चिनको सिगात्सेसम्मको सडकलाई २ लेन बनाईने, विद्युत उत्पादनमा जोड दिनुका साथै एक बर्ष भित्र लोडसेडिङ घटाउने र दुई वर्षमा लोडसेडिङ पूर्ण अन्त्य हुने उहाँले बताउनुभयो । ‘धिमागतीमा बानी परेकाहरुले मैले बोलेका कुरा नपत्याउन सक्छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर अब हामी तिब्र गतीमा अघि बढ्छौ ।’
बजेट बक्तव्य र सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको शैलीमा भाषण गरेका प्रधानमन्त्री ओलीले १५ बर्ष भित्रमा सबै क्षेत्रमा सिचाई सुबिधाको व्यवस्था गरिने आश्वासन दिनुभयो ।
झापा मोरङ र सुनसरी एक नम्बर प्रदेशमा नै रहने भएकोले यसमा ढुक्क भएर बस्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘दुई नम्बर प्रदेशमा बस्नेहरु एक नम्बरमा पर्न नपाएकोमा असन्तुष्ट हुनुहुन्छ तर अहिले भई रहका जिल्लाहरु एक नम्बर प्रदेशमा नै पर्छ’ ओलीले भन्नुभयो ।
संबिधानमा बिशेष अधिकार
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संबिधानको बिरोधमा लाग्ने दलहरुले सबैको अधिकारको बारेमा स्पष्ट नबताउँदा समस्या आएको बताउनुभयो ।
‘हल्लाको पछि नलाग्नुस’ उहाँले भन्नुभयो ‘अहिलेको संबिधानले सबैको अधिकार स्थापित गरेको छ, संबिधामा सबैको अधिकार छ, सबै समुदायलाई बिशेष अधिकार दिएको छ ।’ मधेशी, मुस्लिम, आदिवासी, जनजाति, थारु दलित तथा महिलालाई संबिधानले बिशेष अधिकार दिएको उहाँले बताउनुभयो ।
गलत प्रचार गरेको नागरिकले थाहा पाए
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले संबिधानको बिषयमा जति सुकै गलत प्रचार गरेपनि मधेशमा गर्न खोजेको के हो भन्ने बारेमा नेपाली नागरिक स्पष्ट भई सकेको बताउनुभयो । मधेशको नाममा सत्ता हातमा पार्ने उद्देश्य नागरिकले बुझ्दै गएको उहाँले बताउनुभयो । Ujyaaloonline बाट
नाकाबन्दीको समस्या समाधान भयो : ओली
Posted by Unknown
Posted on 6:35 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment