Home » » गाडीले ठक्कर दिएर घाइते यात्रुलाई जंगलमा फ्याँक्ने अभियुक्त प्रहरी खोरमा

गाडीले ठक्कर दिएर घाइते यात्रुलाई जंगलमा फ्याँक्ने अभियुक्त प्रहरी खोरमा


सवारी–साधनले ठक्कर दिएका यात्रुलाई अस्पताल नलगी राजमार्गको जंगलमा फालेर हिँड्ने एक सवारीचालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
गत १६ गते बिहान बाराको जितपुरमा २२ वर्षीया विन्दा ठाकुरलाई ठक्कर दिइ घाइते बनाएर नजिकैको जंगलमा फालेर हिँड्ने २३ वर्षीय सञ्जय लामालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।
उनले बा१२च १६८३ नम्बरको पिकअप भ्यानले ठक्कर दिएर घाइते भएकी ठाकुरलाई अस्पताल नलगेर जंगलमा फालेर हिँडेको प्रहरीले जनाएको छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved