२२ फागुन
काठमाडौं–नेपाली कांग्रेसका कार्यबाहक सभापती रामचन्द्र पौडेलले आफ्नो प्रतिस्पर्धी शेर बहादुर देउवा मात्र भएको बताएका छन् । राजधानिको भृकुटीमण्डपमा जारी १३ औं महाधिवेशनको बन्दसत्र सकिएपछि पत्रकारसँग कुरा गर्दै सभापतीका प्रत्यासी पौडेलले भने, ‘तपाईहरुलाई साँच्चै भनौं, मलाई विजयउत्सव मनाउने तयारी हुँदै गरेको अनुभुती हुँदैछ, मेरो प्रतिस्पर्धी शेरबहादुर मात्र हुन् ।’
आइतबार हुने नेपाली कांग्रेसको निर्वाचनमा रामचन्द्रको प्रतिस्पर्धीका रुपमा बरिष्ठ नेता शेर बहादुर देउवा र महमन्त्री कृष्ण प्रसाद सिटौला रहेका छन् ।
बन्दसत्रमा पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । निती तथा कार्यक्रम पारित भएसँगै अब आफू निर्वाचनको प्रचारमा जुट्ने बताएका पौडेलले शनिवार बिहान केही प्रतिनीधहरुसँग भेट्दा आफ्लाई विजयउत्सवको अनुभुती भएको बताए । उनले भने, ‘प्रकाशमानजी र मैले आज केही साथीहरुलाई भेटेका थियौं, उहाँहरु विजयउत्सवका लागी आतुर हुनुहुन्छ ।’
त्यस्तै महाधिवेशन पछि कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने नगर्नेबारे अहिले कमेन्ट नगर्ने पौडेलले बताए । ‘सरकार बारे कमेन्ट गर्न चाहन्न, अहिले अधिवेशनमा ब्यस्त छु, ‘पौडेलले भने, ‘सरकारको कामप्रति सचेत गराउँदै आएका छौं यसमा अहिले अरु केही भन्नु छैन ।’Ratopati बाट
रामचन्द्रले भने, ‘मेरो प्रतिस्पर्धा शेरबहादुरसँग मात्र हुन्छ’
Posted by Unknown
Posted on 5:37 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment