काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित भएसँगै देउवाको निवास बुढानिलकण्ठ दरबारमा समर्थकको भीड लागेको छ । देउवा घरमै बसिरहेका छन् ।
उनीहरु देउवालाई बधाई दिन मध्यरात वितिसक्दा पनि खुसियाली मनाउँदै बुढानिलकण्ड निवास बाहिर बसिरहेको त्यहाँ पुगेका हाम्रा सहकर्मी विमल योगीले बताए ।
यसैगरी देउवाका समर्थन सडकमा नाराबाजी गरेर खुसियाली बाडिरहेका छन् । मतगणना सम्पन्न भएको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह बाहिर पनि सयौं समर्थकले खुसी मनाइरहेका छन् ।
सोमबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई ५२६ मतअन्तरले पराजित गरी देउवा पहिलोपटक कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् । दैनिक नेपाल डट कमबाट
सभापतिमा निर्वाचित भएपछि मध्यराति देउवाको घर घेराउ ! (फोटो फिचर)
Posted by Unknown
Posted on 6:22 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment