२५ फागुन, काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई महामन्त्री कृष्णप्रसाद सिटौलासँगको दुश्मनी निकै महँगो साबित भएको छ ।
सिटौलासँगको दुश्मनीका कारण दुई दशकसम्म एकछत्र नेतृत्व गरेको कोइराला परिवारको समर्थ्ानसहित संस्थापन पक्षको आधिकारिक उम्मेदवार बनेका पौडेल वरिष्ठ नेता शेरबहादुरसँग पराजित हुनु परेको आजको राजधानी दैनिकमा समाचार छ ।
कांग्रेस नेताहरुको तत्कालिन सभापति सुशिल कोइरालाका सहयोगी रहेपनि एक अर्कालाई इग्नोर गर्ने शैलीकै कारण सिटौलाले पौडेललाई स्वीकार गर्न नसकेका हुन । सोही कारण उनी पौडेलकलाई पार्टी नेतृत्वमा पुग्न नदिन योजनाबद्ध रुपमा अघि बढेका थिए ।
सभापति सुशील कोइरालाकै प्रस्तावमा संविधानसभाको संवैधानिक समिति सभापति बनेका सिटौलालाई अस्विकार गर्दै पौडेलले समितिनै बहिष्कार गरेपछि दुई नेताबीचको इगो समस्या बाहिर आएको थियो ।
अनलाइनखबरबाट
सिटौलासँगको दुश्मनी पौडेललाई महँगो
Posted by Unknown
Posted on 6:16 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment