Home » » बुढेसकालमा शान्ता चौधरीको अर्कै हर्कत, गाउँले नै छक्क !

बुढेसकालमा शान्ता चौधरीको अर्कै हर्कत, गाउँले नै छक्क !


दाङ, ७ चैत । लक्ष्मीपुर–४ सिथत एक घर । पलङमै पलेटी कसेर बसेकी छन् अधबैंसे महिला ।
घरी केही लेख्छिन् त घरी किताब हेरेर घोक्न थाल्छिन् । ‘बूढो दिमागले पढ्न नसक्ने रै छ’, खित्का छोडेर हाँस्दै उनले भनिन् ,’पढ्दै जान्छु, पहिले पढेका कुार ससबै विर्सिसकेको हुन्छु ।’ उनी हुन् पूर्वसभासद् शान्ता चौधरी ।
राजनीतिकर्मी शान्ता अहिले राजनीतिशास्त्रको परीक्षा होइन, कक्षा ८ को जिल्लास्तरीय परीक्षा तयारीमा बेजोडले लागेकी छन् । गाउँकै उच्चमावि डाँडागाउँ गाग्लीकी विद्यार्थी उनलाई परीक्षाको चटारो छ । परीक्षा आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन अनिवार्य नेपाली विषयको परीक्षा छ । शान्तामा पढाइ मोह उपद्रो छ । फेल भइने होकी भन्ने डर पनि उस्तै छ ।
खासमा उनी आफ्ना छोराछोरी उमेरका विद्यार्थीसँग बसेर परीक्षा दिँदैछिन् । हुन त उनले तिनै विद्यार्थीसँग केही दिन विद्यालयमा पढेकी पनि थिइन् ।
कक्षा ८ को वाषिर्क परीक्षा तयारी गरिरहेको शान्ता चौधरीमा अनपढ हुँदा पहिलो संविधानसभामा बेहोर्नुपरेको अवहेलना र समस्याले पढ्ने इख जागेको बताइन् । उनी एमालेबाट समानुपातिक कोटामा सभासद चुनिएकी थिइन् ।
चौधरी अहिले ३५ वर्षकी भइन् । ८ बर्षको उमेर देखि कम्लरी बसेकी उनलाई साहुले कहिल्यै पढाउनुपर्छ भन्ने सदासयता देखाएनन् ।
दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved